News

Sep 22, 2010

माओवादी लडाकुसामु तीनै प्रतिवेदन वाचन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ७,एकीकृत माओवादीले हालैको केन्द्रीय समिति बैठकमा प्रस्तुत तीनै राजनीतिक प्रतिवेदन लडाकुबीच पुर्‍याएको छ। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईका प्रतिवेदन आगामी विस्तारित बैठकमा छलफल गरिने भएकाले सातवटै मुख्य शिविरका 'सीमित कमान्डर'माझ वाचन गर्न थालिएको हो। कात्तिक ६ देखि चितवनमा हुन लागेको विस्तारिक बैठकलाई लक्षित गरी कम्पनी कमान्डरभन्दा माथिका लडाकुमाझ राय-सल्लाह तीन फरक दस्तावेज पढेर सुनाइन लागिएको हो।बुधबार माओवादी लडाकुका डेपुटी कमान्डर जनार्दन शर्मा, पोलिटब्यूरो सदस्य लेखराज भट्ट, हेडक्वार्टर सुरक्षाको जिम्मेवारी सम्हालेका सातौं डिभिजन कमान्डर सन्तु दराई, दाहालपुत्र प्रकाशलगायतको केन्द्रीय टोली प्रशिक्षणका लागि कैलालीको बढैपुरस्थित अस्थायी शिविरमा पुगेको छ। कैलालीलगत्तै माओवादी जनसेना प्रमुख नन्दकिशोर पुन रोल्पामा, चन्द्रप्रकाश खनाल नवलपरासी, वर्षमान पुन चितवन र अन्य शिविरमा पनि जिम्मेवार नेता गई प्रशिक्षण दिनेछन्। 'तीनवटै दस्तावेजलाई जनसेनाका कमान्डरमाझ पढेर सुनाउने कार्यक्रम छ,' प्रकाशले नागरिकसित टेलिफोनमा भने, 'करिब पाँच दिनसम्म शिविरमा प्रशिक्षण हुनेछ, दस्तावेजबारे लडाकुको सुझाव संकलन गरिनेछ।'

No comments: