News

Sep 16, 2010

लडाकुहरु अव माओवादीको नियन्त्रणबाहिर हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३१,शिविरमा रहेका लडाकुहरुलाई आफ्नो नियन्त्रणभन्दा बाहिर राख्न एकीकृत नेकपा माओवादीले सहमति जनाएको छ। सिंहदरबारमा सेना समायोजन विशेष समितिको वैठकमा बिहीबार माओवादीले लडाकुहरु आफ्नो नियन्त्रणबाहिर राख्न सहमति जनाएको हो। माओवादीकै नियन्त्रणमा रहेको भन्दै लडाकुका गतिविधिमाथि अन्य राजनीतिक दलले विरोध जनाउँदै आएका थिए। पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले 'पार्टीले लडाकुलाई पार्टी नियन्त्रणबाहिर राख्ने निर्णय गरेको' बताए। उनले माओवादीका लडाकुहरु विशेष समितिको मातहतमा रहने समेत बताए। समितिले पूर्ण स्वरुप लिएपछिमात्रै उनीहरु समितिभित्र आउने हुन्।

No comments: