News

Sep 17, 2010

माओवादी अध्यक्ष दाहालले उम्मेदवारी फिर्ता लिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १,माओवादी अध्यक्ष पुष्पकमल दाहालले आउँदो १० गते हुन लागेको प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी फिर्ता लिने भएका छन्। एमाले अध्यक्ष झलनाथ खनालसँग आज बिहान गैरीधारास्थित भीम आचार्यको घरमा भएको भेटमा माओवादी र एमाले दुवै निर्वाचन प्रक्रियामा सहभागी नहुनेसमेत सहमति भएको छ।भेटमा प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेता सहभागी थिए।
आठौँ पटकको प्रधानमन्त्री निर्वाचन हुन ९ दिन बाँकी छँदा दुई प्रमुख दलबीच प्रधानमन्त्री निर्वाचनको वर्तमान प्रक्रिया अन्त्य भएर नयाँ प्रक्रिया आरम्भ नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने यस्तो सहमति भएको हो।दाहालले उम्मेदवारी फिर्ता लिए नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल आगामी असोज १० गते हुने निर्वाचनमा एक्ला उम्मेदवार हुनेछन्। संविधान सभामा प्रतिनिधित्व गर्ने ठूलो दल माओवादी र तेस्रो ठूलो दल एमाले निर्वाचन प्रक्रियामा सहभागी नभएपछि पौडेलको पक्षमा बहुमत जुट्न असंभव छ। एमालेको तटस्थताको नीति परिवर्तन गराउन एमालेको एक पक्षका नेताहरुको अभियान तीव्र बनाउँदै गर्दा यस्तो सहमति भएको हो। दुई नेताबीचको वार्तामा नेपाली काँग्रेसलाई पनि उम्मेदवारी फिर्ता गर्न लगाउन आग्रह गर्ने सहमति भए पनि त्यसलाई संयुक्त वक्तव्यमा उल्लेख गरिएको छैन।

तीन बूँदे सहमतिको पूर्ण पाठ-

No comments: