News

Sep 22, 2010

खम्बुवान पाइला सार्दै नेवाः काठमाडौ आइपुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ,
असोज ६/ खम्बुवान स्वायत्त राज्य परिषद उन्मुख खम्बुवान राष्ट्रिय मोर्चाले काठमाडौंको सभागृहमा खम्बुवान पाइला नामक एक खम्बुवानी साँस्कृतिक कार्यक्रम गरी नेपालको एकात्मक संरचनाको केन्द्र काठमाडौंमा पनि आफ्नो गतिविधिहरु सशक्त बनाउन थालको छ । खम्बुवान राष्ट्रिय मोर्चाले मिति २०६७ असोज ६ सेप्टेम्बर २२ २०१० मा 'बाँचे जीवन मरे चिहान खम्बुवान राष्ट्र-राज्य निर्माण' खम्बुवान सजग एकता जागरण तथा सम्मान कार्यक्रमः "खम्बुवान पाइला-२०६३" का प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बुहाङ्फे राईले द्वीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । खम्बुवान राष्ट्रिय मोर्चा उपत्यका सम्पर्क समितिका संयोजक राज्य खम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन समारोहमा अतिथिहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम, मञ्चका सचिवालय सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका वरिष्ठ उपाध्यक्ष सिङमान तामाङ, मञ्चका सचिवालय सदस्य तथा खम्बुवानका उपाध्यक्ष किरण खम्बू, लिम्बुवानका महासचिव सूर्य माखिम, तामाङसालीङका महासचिव खेमकर्मा लामा, लिम्बुवानका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, लिम्बुवानका अर्थ-विभाग प्रमुख सुरेन्द्र निङलेकू, खम्बुवानका केन्द्रीय सदस्य सुकदेव राई र लिम्बुवान उपत्यका सम्पर्क समितिका अध्यक्ष शिवकुमार पाङगेनहाङलगायत हुनुहुन्थ्यो । विभिन्न जातिका सांस्कृतिक कार्यक्रमसहित खम्बुवानका चर्चित कलाकार पार्वती राई, लिम्बुवानका कलाकार दीपक लिम्बू, लिम्बुवानकै चर्चित गायिका मनु नेम्बाङलगायकतको प्रस्तुती रहेको यस कार्यक्रममा प्रमुख अतिथि विष्णु तुम्बाहाङफे राईले यस्ता कार्यक्रमले सबै स्वायत्त राज्य प्राप्तिको आन्दोलनमा लागेका संघ-सङगठनहरुलाई एकीकृत भई आन्दोलनमा लाग्ने प्रेरणा दिने बताउनु भयो । अर्का अतिथि मञ्चका महासचिव खगेन्द्र माखिमले खम्बुवानको यो साँस्कृतिक पाइलाले राजनीतिक रुपलिँदै खम्बुवान स्वायत्त राज्य र अन्य राज्यहरु प्राप्तिको आन्दोलनमा महत्वपूर्ण पाइलाहरु चाल्दै जाने आशा र विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा खम्बुवानमै थातथलो भएका थामी जातिको नृत्य र मारुनी नृत्य पनि प्रस्तुत गरिएको थियो भने गायिका पार्वती राईले 'चोमोलोङमा र खोटाङ हलेशी...' भन्ने गीत; गायक दिपक लिम्बूले 'यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ...'लगायतका गीत र लिम्बुवानका कलाकारहरुबाट राजकुमार दिक्पालद्वारा रचित 'मुठी माटो उठाई अर्पिदिन्छौं ज्यान हामीलाई प्यारो लाग्छ हाम्रो लिम्बुवान.. भन्ने गीत मनु नेम्बाङ कमला आङ्बुहाङ भवानीवीक्रम सम्बहाङ्फे सुसन साम्सोहाङले गाएका थिए । खम्बुवानका उपत्यका सल्लाहकार महेन्द्र राईद्वारा स्वागत मन्तव्य गरिएको यस कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिबाट कलाकार तथा खम्बुवान आन्दोलनमा विशेष योगदान पुर्याउनु हुने महानुभावहरुलाई प्रशंसा-पत्रसमेत वितरण गरिएको थियो । भर्खरै एकीकृत भएको खम्बुवान राष्ट्रिय मोर्चाले यही असोज ८ गते धरानमा एक पत्रकार सम्मेलन गरी खम्बुवान एकताको सन्देश दिँदै खम्बुवान स्वायत्त राज्य परिषदको नयाँ कार्ययोजनाहरु सार्वजनकि गर्ने कार्यक्रम रहेको छ ।

No comments: