News

Sep 17, 2010

स्पिड इन्टरनेट प्रयोगकर्ता प्रहरीको निगरानीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १ - घर वा कार्यालयमा एक मेगाबाइटभन्दा बढी व्यान्डविथ (स्पिड) को इन्टरनेट प्रयोग गर्नुहुन्छ? यदि हो भने तपाईँ प्रहरी अनुसन्धानको घेराभित्र पर्न सक्नुहुन्छ। प्रहरीले प्रति सेकेन्ड एक मेगाबाइट वा यो भन्दा बढी स्पीडको इन्टरनेट सेवा लिने उपभोक्ताको विवरण लिन थालेको छ। 'प्रहरीले हामीसँग एक मेगाबाइट र यो भन्दा बढी स्पिडको इन्टरनेट प्रयोग गर्ने ग्राहकको सूची उपलव्ध गराइदिन पत्र पठाएको छ,' दूरसञ्चार प्राधिकरण स्रोतले भन्यो।
एक मेगाबाइटको स्पिडलाई नेपालमा उच्च गतिको इन्टरनेटको रुपमा लिइन्छ। अवैध रुपमा भिओआइपी चलाउनेले यो स्पिडमा इन्टरनेट लिने भएकोले तिनीहरुको खोजी गर्न सजिलो पार्नको निम्ति यस्तो विवरण मागिएको हो। गृह मन्त्रालयले सेवा प्रदायकहरुलाई इन्टरनेटका अश्लील साइटहरु बन्द गर्न निर्देशन दिएको लगत्तै उच्च स्पिडका प्रयोगकर्ताहरुको सूचि मागिएको हो। गृहले कुन साइट अश्लील हुन् भनेर तोक्न नसकेकोले निर्देशन पालना हुन सकेको छैन।
नेपालमा २५६ किलोबिट प्रति सेकेन्ड स्पिडको इन्टरनेटलाई ब्रोडव्यान्डको रुपमा दूरसञ्चार प्राधिकरणले व्याख्या गरेको छ। प्रहरीको निर्देशन अनुसार प्राधिकरणले सञ्चालनमा रहेका सबै इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीहरुलाई पत्र पठाएर यस्ता ग्राहकको विवरण मागेको हो।

No comments: