News

Sep 19, 2010

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री किम ह्वाङ-सिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ-बाकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा हाल प्रमुख राज्य महालेखा परीक्षक रहेका किम ह्वाङ-सिकलाई प्रधानमन्त्री बनाउनका लागि मनोनयन गरेका छन् । उनको काम राष्ट्रपति लीको नयाँ 'स्वच्छ समाज अभियान' अन्तर्गत राज्यका मामला हेर्नु रहनेछ । राष्ट्रपति कार्यालयका अनुसार, किम संविधानको आत्मालाई आत्मसात् गरी 'स्वच्छ समाज' लाई राम्ररी बुझ्ने उपयुक्त व्यक्ति हुन् । मनोनयनपछि किमले संसद्को अनुमोदन प्रक्रियाबाट गुज्रनुपर्नेछ । यस प्रक्रियाअन्तर्गत सुनुवाइ तथा प्रतिनिधिसभाको मतसमेत प्राप्त गर्नुपर्छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता चियोङ वा दायले यसअघि दुईपटक सर्वोच्च अदालतको न्यायाधीशका लागि र प्रमुख राज्य महालेखा परीक्षकका लागि भएको सुनुवाइमा उत्तीर्ण भएको हुनाले किमका लागि सो अनुमोदन प्रक्रिया कठिन नहुने बताएका छन् । किमले सोल राष्ट्रिय विश्वविद्यालयमा कानुनको अध्ययन गर्नुका साथै १९७२ मा बारको परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि २००५ देखि २००८ सम्म उनले सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरेका थिए ।

No comments: