News

Sep 15, 2010

सुन आयात गर्न राष्ट्र बैंकलाई इजाजतपत्र दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ भदौ,सरकारले सुन आयात गर्न राष्ट्र बैंकलाई इजाजतपत्र दिने विषयमा छलफल सुरु गरेको छ ।सुनको भन्सार दर नियन्त्रण गर्न ल्याइएको अध्यादेश निस्त्रिय भएपछि आयातमा पूर्ण प्रतिबन्ध लगाएको सरकारले राष्ट्र बैंकलाई इजाजत दिएर सुन बिक्री गर्न छलफल थालेको हो । सुनको भन्सार दर कायम गर्न चैतमा जारी अध्यादेश निस्त्रिmय भएपछि सरकारले १७ भदौदेखि सुन आयातमा निश्चितकालका लागि पूर्ण प्रतिबन्ध लगाएको छ । सुन आयात प्रतिबन्ध लगाउनुअघि राष्ट्र बैंकको सिफारिसमा वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्दै आएका थिए । नेपाल र भारतबीच सुनको भाउमा एकरूपता ल्याउन सरकारले अध्यादेशमार्फत प्रतिग्राम सुनको भन्सार दर १३ रुपैयाँबाट बढाएर ४७ रुपैयाँ कायम गरेको थियो ।
अर्थ सचिव कृष्णहरि बाँस्कोटा, वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझा, भन्सार विभागका उपमहानिर्देशक आनन्दराज ढकाल, राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझीलगायतका अधिकारीबीच मंगलबार छलफल भएको छ । वाणिज्य मन्त्रालयका सचिव ओझाले केन्द्रीय बंैकलाई सुन आयात इजाजतपत्र प्रदान गर्ने विषयमा छलफल भएको बताए । 'राष्ट्र बैंकलाई सुन आयातको इजाजत दिने विषयमा छलफल सुरु भएको छ,' उनले भने, '१/२ दिनभित्रमै यसलाई टुंग्याउँछौँ ।' निकासी-पैठारी ऐनले इजाजतपत्र जारी गर्न नियम बनाउने अधिकार सरकारलाई दिएको छ । आर्थिक विधेयकका विषयमा संसद्मा सहमति जुट्न नसक्नु र आयातमा प्रतिबन्ध लगाइएपछि बजारमा अभाव देखिँदा सरकारले सुन आयातको जिम्मेवारी केन्द्रीय बैंकलाई दिन लागेको हो । बाह्य मुलुकबाट ठूलो परिमाणमा सुन आयात हुँदा विदेशी मुद्राको सञ्चितिमा प्रतिकूल असर पर्ने बताउँदै सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो

No comments: