News

Sep 16, 2010

कक्षा १२ को परीक्षाफल सार्वजनिक / ४१ प्रतिशत उत्तिर्ण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ३१ - उच्च माध्यामिक शिक्षा परिषदले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल बिहीबार प्रकाशित गरेको छ । बैशाख १६ देखि जेठ १८ गतेसम्म लिइएको परीक्षामा नियमिततर्फ ८४ हजार चार सय १८ अर्थात् ४१ प्रतिशत विद्यार्थी उत्तिर्ण छन् । नियमिततर्फ कुल ३ लाख एक हजारले परीक्षा दिएका थिए । परिषद्का परीक्षा नियन्त्रक देवी वाराकोटीका अनुसार आंशिक परीक्षामा ३९ हजार ८ सय ७३ जना अर्थात् ४४ दशमलव २९ प्रतिशत उर्त्तिण छन् । नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा संकायको शून्य प्लस टुतर्फ ५४ दशमलव ६८ प्रतिशत, निजी उच्चमावितर्फ ४९ दशमलव ९ प्रतिशत उत्तीर्ण छन् । यसैगरी सामुदायिक उच्चमाविबाट ३७ दशमलव १४ प्रतिशत र सामुदायिक क्याम्पस तर्फ ३४ दशमलव ३९ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन् ।

No comments: