News

Sep 30, 2010

एनसेलको वायरलेस इन्टरनेट सेवा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ असोज,स्पाइस नेपाल प्रालिको एनसेलले ३ दशमलब ६ मेगाबाइट प्रतिसेकेन्डको गतिमा चल्ने ताररहित इन्टरनेट सेवा सुरु गरेको छ ।कम्पनीले बुधबारदेखि डाटा कार्डमा सिमकार्ड राखेर इन्टरनेट प्रयोग गर्न सकिने सुविधा सुरु गरेको हो ।कम्पनीले ५ सय एमबी, १ हजार एमबी तथा ५ हजार एमबी गरी ३ वटा प्याकेजसहितको सेवा सुरु गरेको छ । त्यसमा ५ सय एमबी प्रयोगकर्ताले ४ सय ९९ रुपैयाँ प्रतिमहिना, १ हजार एमबी प्रयोगकर्ताले ८ सय ९९ सय रुपैयाँ प्रतिमहिना तथा ५ हजार एमबी प्रयोगकर्ताले ३ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ । सेवा प्रयोगका लागि १ हजार ९ सय ९९ रुपैयाँ मूल्यबराबरको डाटा कार्ड आवश्यक पर्छ ।
सबै सेवामा आवश्यकताअनुसार २ रुपैयाँ प्रतिएमबी लागतमा सेवा थप गर्न सकिने एनसेलका कार्यकारी निर्देशक पासी कोइस्टिनेनले जानकारी दिए । उनले सबैको पहुँचमा इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले सेवा सुरु गरिएको बताए । 'डाटा कार्ड सिस्टमबाट थालनी गरिएको इन्टरनेट सेवा सुरुमा काठमाडौं उपत्यकाका ग्राहकका लागि मात्र लागू गरिएको छ, उनले भने, 'छिट्टै यो सेवा देशभर विस्तार गरिने लक्ष्य छ ।'
सेवा प्रयोगका लागि डाटा कार्डमा एनसेलको सिमकार्ड राख्नुपर्छ । त्यसलाई ल्यापटप वा डेस्कटप कम्प्युटरको युएसबी पोर्टमा राखेपछि त्यसको सफ्टवेयर स्वतः अपडेट भई इन्टरनेट सेवा प्रयोग गर्न सकिनेछ । सेवा सजिलो ट्यारिफ, राम्रो नम्बरलगायत सबै सिमकार्डबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

No comments: