News

Sep 24, 2010

खोसेर लगेकी श्रीमती फर्केपछि बाजा बजाएर बिहे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पानीटयाङ्की (मोरङ), ८ असोज,कथित सानो जातसँग बिहे गरेको भनेर केटीका आफन्तले खोसेर लगेकी श्रीमती अढाई महिनापछि फर्किएपछि खुसी भएका गाउँलेले वैण्डबाजा बजाएर बेहुला बेहुलीलाई चौक बजार परिक्रमा गराई बिहे गराएका छन्। मोरङको टङ्की सिनवारी १ गंगा चौक बस्ने २३ वर्षका गङ्गा ऋषिदेवले सुनसरी अमडुवा ३ बस्ने तिलक पोख्ररेलकी २२ वर्षीया छोरी सरस्वती पोख्रेलसँग गत जेठमा मोरङ जिल्ला अदालतमा नाता प्रमाणित गरी बिहे गरेका थिए। उनीहरुको विवाहलाई केटी पक्षले पचाउन नसकेपछि प्रहरी लगाएर घरैबाट गङ्गाका बाबु र काकीलाई समेत कुटपिट गर्दै जेठ दोस्रो साता सरस्वतीलाई छुटाएर लगेका थिए।पहिले मन्दिरमा बिहे गरेर एक महिनासँगै बसिसकेको र पछि अदालतबाट राजीखुसी नाता प्रमाणित गरी कानुनी बिहे गरेको भए पनि सँगै बसिरहेका उनीहरुलाई केटी पक्षले पहुँचको बलमा प्रहरी लगाएर छुटाएको थियो।केटी पक्षले प्रहरीको बलमा केटी खोसेर आफन्तलाई जिम्मा लगाउने बहानामा सरस्वतीलाई भारतको कालिम्पोङतिर लुकाएर राखेका थिए। तर आफन्तले छुटाएको भए पनि सरस्वती आफनो श्रीमानलाई सम्झेर एकहप्ता अघि भागेर आएकी हुन्।केटी पक्षले सरसस्वतीलाई करकापमा गङ्गाबाट छुटाएपछि अदालतमा जवरजस्ती बिहे गर्न बाध्य बनाएको भन्दै छोडपत्रका लागि निवेदन पनि हाल्न लगाएका थिए। यता आफ्नी श्रीमतीलाई प्रहरीले नै छुटाएर लगेपछि व्याकुल बनेका गङ्गाले आफूले राजीखुसी बिह गरेकोले छोडपत्र नगर्ने भन्दै अपिल गरेका थिए।फेरि पनि सरस्वतीलाई खोसेर लान नदिन र साँचो प्रेमको जीत भएको भन्दै अविरजात्रा सहित बिहीबार गाउँलेले बेहुला र बेहुली बनाई वेण्डबाजा बजाएर चौक गाउँ परिक्रममा गराएको स्थानीय दलित अगुवा वुद्धि पासवानले बताए।

No comments: