News

Sep 21, 2010

घुस लिँदालिँदै एमाले सभासद् डिबी कार्की पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ५ - घुस लिँदालिँदै पक्राउ एमाले सभासद् डोलबहादुर डिबी कार्की मंगलबार ५ लाख धरौटीमा रिहा भएका छन् । उनीसँगै पक्राउ परेका स्वामी ब्रम्हानन्द पनि ४ लाख धरौटी बुझाएर रिहा भएका छन् ।घुस लिँदालिँदै पक्राउ परेका एमाले सभासद् डोलबहादुर कार्कीलाई पदबाट निलम्बन गरिएको छ । सभामुख सुवासचन्द्र नेम्वाङले कार्कीलाई निलम्बन गरेको पत्र मंगलबार नै एमालेलाई पठाएका छन् । एमाले अनुशासन आयोगले कार्कीलाई निलम्बन गर्न माग गरेको थियो । आयोगले कार्कीलाई पार्टीको संगठित सदस्यबाट समेत निलम्बन गर्न एमालेलाई निर्देशन दिएको छ ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले सभासद कार्कीलाई साढे चार वर्ष कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 'प्रहरी निरीक्षक बनाइदिन्छु' भन्दै घूस लिइरहेको अवस्थामा पक्राउ परेका उनीसित चार लाख पाँच हजार बिगोसमेत अख्तियारले माग गरेको छ । एक लाख रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका कार्कीले पटक-पटक गरेर चार लाख पाँच हजार रुपैयाँ घूस लिएका थिए । अख्तियार प्रवक्ता ईश्वरीप्रसाद पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ -१० को 'घ' अनुसार एक लाखदेखि पाँच लाख रुपैयाँ घूस लिनेलाई ६ महिनादेखि डेढ वर्षसम्म कैद सजाय तोकेको बताए । त्यसकै दफा २४ मा संवैधानिक निकायमा नियुक्त भएर भ्रष्टाचार गरेमा थप तीन वर्ष कैद सजाय तोकिएको छ ।

No comments: