News

Sep 16, 2010

माइक्रोसफ्टको नयाँ इन्टरनेट एक्सप्लोरर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माइक्रोसफ्टले तिब्र प्रतिस्पर्धालाई ध्यान दिदै नयाँ वेभ ब्राउजर इन्टरनेट एक्सप्लोरर ९ -आई ९ जारी गरेको छ। कम्पनीले यसबाट ब्राउजरको बजारमा पुनः प्रतिस्पर्धा गर्न सक्ने अपेक्षा गरेको छ।यसमा सामाजिक सञ्जाल र ग्राफिक्सका साथ कयौ नयाँ फिचर्स समावेश गरिएको छ। सन् २००३ मा माइक्रोसफ्टको वेभ ब्राउजरमा निर्भर रहनेको संख्या ९७ प्रतिशत थियो जुन अहिले घटेर ६० प्रतिशतमा झरेको छ । कम्पनीले मोन्जिला फायरफक्स र गुगलको क्रोमसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ।गुगल क्रोम डिसेम्बर २००८ मा जारी गरिएको थियो । उसले निकै कम समयमा ७.५ प्रतिशत भाग ओगट्न सफल भइसकेकोछ । मोन्जिला फायरफक्सको बजारमा एक चौथाई हिस्सामा कब्जा छ। र केही देमा यो प्रमुख वेभ ब्राउजरस मानिन्छ।हालै फायरफक्स ४ परिक्षणका रुपमा जारी गरिएको छ। केही समय अघि युरोपीय संघले माइक्रोसफ्टलाई प्रयोगकर्ताहरुलाई विन्डोका साथै अन्य ब्राउजरको विकल्प पनि उपलव्ध गराउन आदेश दिएको थियो । यो निर्णयले वेभ ब्राउजरहरुलाई निकै बढावा मिलेको छ।यद्यपि माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोररको विषयलाई लिएर अनेक प्रश्न उठ्ने गरेका छन् । यहाँसम्म कि विशेषज्ञहरुले जबसम्म सुरक्षासम्बन्धी गम्भीर कमीहरु ठिक हुँदैन तबसम्म सतर्कतापूर्वक ब्राउजिङ गर्न सल्लाह दिएका थिए ।

No comments: