News

Sep 22, 2010

कांग्रेस महाधिवेशनबाट सुशील सभापति निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ६ - कांग्रेसको १२ औं महाधिवेशनबाट सुशील कोइराला सभापति निर्वाचित भएका छन् । पार्टीभित्र महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति भइसकेका कोइरालाले निकटतम प्रतिस्पर्धी वरिष्ठ नेता शेरबहादुर देउवालाई ३ सय ३५ मतले पराजित गरेका हुन् । कोइरालाले १ हजार ६ सय ५२ मत प्राप्त गरे भने देउवाले १ हजार ३ सय १७ मत पाए । तेस्रो धारको प्रतिनिधित्व गर्दै सभापतिका प्रतिस्पर्धी बनेका भीमबहादुर तामाङले ७८ मत ल्याएका छन् । कुल ३ हजार ८८ मध्ये ३ हजार ६२ मत मात्रै खसेको थियो । मतदानमा २६ जना अनुपस्थित थिए । १५ मत बदर भएको थियो । नेतृत्वमा चुनिएपछि कोइरालाले पार्टीभित्र विभाजन हुन नदिन सक्षम र योग्य सबैलाई समेटेर लैजाने बताएका छन् । गिरिजाप्रसाद कोइरालापछि सामूहिक छलफल र निर्णय प्रक्रियाको अभ्यास सुरु भइसकेको स्मरण गर्दै कोइरालाले भने, पार्टीलाई मूल्य मान्यताका साथ संस्थागत रूपमा अघि बढाउने प्रणालीको विकास गर्ने मेरो योजना हुनेछ ।’ उनले विगतमा देखिएका कमीकमजोरी र विकृति पार्टीमा आउन नदिने बताए ।

No comments: