News

Jun 3, 2008

हिन्दू राज्य बनाउन आन्दोलनको थाल्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजावादी र हिन्दूवादीको संस्था बिश्व हिन्दू महासंघले नेपालले मुलुकलाई पुन हिन्दू राज्य बनाउन आन्दोलन थाल्ने चेतावनी दिएको छ । राजावादी तथा हिन्दुवादीहरुको संस्था बिश्व हिन्दू महासंघ, नेपालले संविधानसभाले मुलुकलाई हिन्दू राज्यमा परिणत नगरे निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले जेठ २१ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो आन्दोलन संविधानसभाको दोश्रो बैठक सुरु हुने जेठ २३ गतेदेखि आन्दोलन गर्ने घोषणा गर्‍यो । महासंघको नेपाल शाखाका अध्यक्ष भोला झाले मुलुकलाई पुन हिन्दू राज्य नबनाइएसम्म आन्दोलन जारी राख्ने दावी गरे । राजावादी भरतकेशर सिंह पूर्व अध्यक्ष रहेको बिश्व हिन्दू महासंघका वर्तमान अध्यक्ष हेमबहादुर कार्की पनि आजको पत्रकार सम्मेलनमा उपस्थित थिए । यो महासंघले नै केही समयअघि भारतको राजधानीमा दिल्लीमा नेपाललाई हिन्दू राज्य बनाउन सशस्त्र संघर्ष सुरु गर्ने चेतावनी दिएको थियो ।

No comments: