News

Oct 1, 2011

प्रधानमन्त्रीले रेडियो नेपालमार्फत जनतासँग प्रत्यक्ष कुराकानी गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री बाबुराम भट्टराईले जनताका चासो, अपेक्षा, गुनासो र सरोकारबारे जनतासँगै प्रत्यक्ष रुपमा रेडियो नेपालमार्फत संवाद गर्ने भएका छन्। सरकार नियन्त्रित राष्ट्रिय प्रसारण पहुँच भएको रेडियो नेपालमार्फत भोलि आइतबारदेखि सम्वाद गर्न लागेको हुन्। प्रधानमन्त्रीको कार्यक्रम राति ८ बजेको अंग्रेजी समाचारपछि ९ बजेसम्म चल्ने छ। ८ बजेको अंग्रेजी समाचारपछि सुरु हुने प्रधानमन्त्रीको कार्यक्रम ९ बजेसम्म चल्नेछ। 'कार्यक्रम लाइभ हुनेछ', प्रधानमन्त्रीका निजी सहायक विश्वदीप पाण्डले भने- 'अबदेखि हरेक नेपाली महिनाको १५ गते प्रधानमन्त्रीले रेडियोबाट जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नु हुनेछ।' ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममार्फत प्रधानमन्त्री र जनताबीच प्रत्यक्ष कुराकानीका निम्ति सोही समयमा रेडियो नेपालको फोन नम्बर ४२११७२१ अथवा ४२११७३६ मा फोन गर्न सकिने व्यवस्था मिलाइएको रेडियो नेपालका कार्यकारी निर्देशक तपनाथ शुक्लले जानकारी दिए। प्रधानमन्त्रीको कार्यक्रमको नाम ‘जनतासँग प्रधानमन्त्री' राखिएको छ।

No comments: