News

Oct 1, 2011

प्रधानमन्त्री भट्टराईले कार्तिक ४ गतेदेखि भारत भ्रमण गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणको मिति तय भएको छ । उनले कार्तिक ४ गतेदेखि भारत भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री भट्टराई न्यूयोर्कमा भएको राष्ट्रसंघ महासभाबाट फर्के लगत्तै पहिले भारत र त्यसपछि चीन भ्रमण गर्ने जानकारी गराइसकेका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले आज राजधानीको भएको एक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणको मिति उल्लेख गर्दै सो भ्रमणमा सुगौली देखिका हालसम्म भएका असमान सन्धिहरु खारेजी वा परिमार्जन विषय प्रमुख एजेण्डा हुने बताए । प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपालको राष्ट्रिय सार्वभौमसत्ता र अखण्डता प्रति आच नआउने गरी विदेशी लगानीलाई सुरक्षित बनाउने विषयमा प्रतिबद्धता सहित सुनिश्चितता गराउने र दुई मुलुकबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै भारत र चिनबीचको पुलको रुपमा नेपाललाई विकास गर्ने विषय नै प्रधानमन्त्रीको प्रमुख एजेण्डा भएको बताए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण गराउने वा स्वयम प्रधानमन्त्री भट्टराई नै चीन भ्रमणमा जाने गरी समेत दुई मुलुकवीच छलफल भइरहेको जानकारी समेत दिएका छन् ।

No comments: