लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशील कोइराला र आफुवीच विगतमा भएको सबै पक्षलाई केन्द्रीय समितिमा समेट्ने सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ। दशैँको अवसरमा मित्र यूवा समूहले राजधानीमा गरेको चियापान तथा सम्मान कार्यक्रममा नेता देउवाले सभापति कोइरालाले विगतको सहमति कार्यान्वयन गरे पार्टी भित्र जारी विवाद तत्काल टुंगिने दावी गर्नुभयो। कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पार्टी भित्रको विवाद सैद्धान्तिक नभएकाले छिट्टै टुंगिने बताउनु भयो। उहाँले माओवादीले विगतमा गरेको सम्झौता कार्यान्वयन गरेमा शान्ति र संविधानको मामिलामा सरकारलाई सघाउन कांग्रेस तयार रहेको उल्लेख गर्नुभयो।
No comments:
Post a Comment