News

Oct 5, 2011

रक्तसञ्चार केन्द्रमा विभिन्न समूहका रगतको अभाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १८ - नेपाल रक्तसञ्चार केन्द्रमा अहिले विभिन्न समूहका रगतको अभाव भएको छ । दसैँको समयमा अधिकांश रक्तदाता काठमाडौँ उपत्यका बाहिर गएकाले मागअनुसारको सञ्चय हुन नसक्दा रगतको अभाव देखिएको हो । घटस्थापनापछि प्रत्येक दिन औषतमा ५०० प्वाइन्ट रगतको माग भए पनि केन्द्रले ३०० प्वाइन्ट आपूर्ति गर्दैआएको केन्द्रका प्राविधिक सुशीला ढकालले बताए । केन्द्रमा अहिले ए, बी, ओ र एबी पोजेटिभ समूहका रगत करिब एकहजार ५०० प्वाइन्टजति मौज्दातमा रहेको छ भने नेगेटिभ समूहका रगत करिब १०० प्वाइन्ट मात्र रहेको जनाइएको छ । सम्बन्धित बिरामीका आफन्तले दिएको रगतलाई विभिन्न समूहमा सट्टा भर्ती गरी रगत वितरणको व्यवस्थापन गरिएको केन्द्रका कर्मचारी तीर्थ पाण्डेले बताउनुभयो । करिब २०० पटक रक्तदान गरिसकेका समाजसेवी प्रेमसागर कर्माचार्यले पर्वको बेलामा रगतको अभाव हुने हुँदा केन्द्रले त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्नेमा त्यसो गर्न नसक्दा सम्बन्धित व्यक्तिलाई समस्या परेको बताए । केन्द्रले रक्तदाताहरूसँग समन्वय गरी आवश्यक परेमा प्लेनबाट पनि आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।

No comments: