News

Oct 6, 2011

पशुपति वृद्धाश्रममा प्रधानमन्त्री भट्टराई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १९- विजयादशमीको अवसरमा सबै हिन्दूरुको घरमा दुर्गा भवानीको प्रसाद टीका-जमरा लगाइदिने तयारी भइरहेका बेला प्रधानमन्त्री बाबुराम भट्टराई भने पशुपति क्षेत्रमा वृद्धवृद्धासँग भलाकुसारी गरिरहेका थिए। पशुपति क्षेत्रमा रहेको पशुपति वृद्धाश्रमका वृद्धवृद्धा देशका प्रधानमन्त्रीलाई दसैंको टीकाको दिन आफूमाझ पाएर अत्यन्त खुसी भएको सुनाए। प्रधानमन्त्री भट्टराई र उनकी पत्‍नी हिसिला यमी बिहीबार बिहानै वृद्धाश्रम पुगी त्यहाँ बसोबास गर्नुहुने २ सय २९ जना बा-आमालाई स्वीटर र हर्लिक्स वितरण गरे। आश्रमलाई घर बनाउन बाध्य भएका बा-आमासँग उहाँहरुको अवस्थाबारे प्रधानमन्त्री भट्टराईले जानकारी लिएका थिए। सोही अवसरमा उनले आश्रमको अवस्था सुधार गर्न निर्देशन समेत दिएका थए। आश्रमका कार्यालय प्रमुख रामशरण थापाले दिएको जानकारीअनुसार वृद्धाश्रमको अवस्थाप्रति प्रधानमन्त्रीले चिन्ता जनाएको र आश्रमको सुधारका लागि कार्ययोजना बनाउन निर्देशन पनि दिएको बताए। त्यस्तै प्रधानमन्त्री भट्टराई माइती नेपालका चेलीबेटीसँग समेत कुराकानी गरेका छन्। पत्‍नीसहित माइती नेपालको कार्यालय गएर त्यहाँका चेलीबेटीसँग उनीहरुको पीडा सुन्नुका साथै केहीबेर रमाइलो पनि गरेको थियो। सो अवसरमा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मुलुकका विभिन्न भागबाट चेलीबेटीको बेचबिखन भइरहेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सो रोकथामको लागि ठोस कदम चाल्न अनुरोध गरे। प्रधानमन्त्री भट्टराईले मुलुकमा रहेको चेलीबेटी बेचबिखनको समस्याको अन्त्य गर्न ठोस नीति ल्याउने बताए।

No comments: