News

Oct 1, 2011

माओवादी लडाकुको तलव बृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १५,मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले शिविरमा रहेका माओवादी लडाकुको भत्ता १५ सय रुपैयाँ बढाउने निर्णय गरेको छ। लडाकुले सुरुमा तीन हजार रुपैयाँ भत्ता पाउँथे। प्रधानमन्त्री बाबुराम भट्टराईले आफू अर्थमन्त्री हुँदा सो भत्ता तीन हजारबाट बढाइ पाँच हजार पुर्‍याएका थिए।   यो खाना खर्चबाहेकको भत्ता हो। माओवादी सेनाका लडाकुले यसअघि प्रतिव्यक्ति मासिकभत्ता (तलब) ५ हजार रुपैयाँ पाउँछन्। त्यसबाहेक सुगम क्षेत्रमा रहेका 'क्यान्टोनमेन्ट' मा रहेका लडाकुले दैनिक ७० र दूर्गम भेगको क्यान्टोनमेन्टका लडाकुले दैनिक ११२ रुपियाँ भरणपोषण भत्ता पाउने गरेका थिए। अब लडाकुको मासिक भत्ता ६ हजार ५ सय हुनेछ। माओवादीका १९ हजार ५७५ जना लडाकु देशभरि रहेका ७ वटा मुख्य शिविर र २१ वटा सहायक शिविरमा बस्दै आएका छन्। आजको बैठकले लगानी बोर्डको कार्यकारी निर्देशक प्रतिस्पर्धाबाट चयन गर्न अर्थमन्त्री वर्षमान पुनको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ।

No comments: