News

Jan 1, 2012

अनन्तलाई धाप मारेकोमा डेलिसीले माफी माग्नु पर्छ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी राजदूत स्कट एच डेलिसीले अर्थमन्त्री एवं माओवादी स्थायी समिति सदस्य वर्षमान पुनलाई सार्वजनिक कार्यक्रममा धाप मारेर अपमान गरेको भन्दै माओवादी बैठकमा चर्को आलोचना भएको छ । केन्द्रीय सदस्य घनश्याम शर्मा पौडेलले डेलिसीले अर्थमन्त्री पूनलाई धाप मारेको फोटो देखाउँदै यो के हो भनेर प्रश्न गर्नुभएको थियो । पौडेलले फोटो सहित कुरा उठाएपछि अरु केन्द्रीय सदस्यले पनि सहमति जनाउँदै अर्थमन्त्रीले आफ्नो मर्यादा कायम गर्न नसकेको र डेलिसीले कूटनीतिक मर्यादा विपरितको काम गरेकोले राजदूत डेलिसीले माफी माग्नु पर्ने र पार्टीले यसलाई गंभीर रुपमा उठाउनु पर्ने माग गरेका छन् । माओवादी नेताहरुको भनाई उधृत गर्दै स्रोतले भन्यो “अमेरिकाको एउटा कर्मचारीको यो व्यवहार हेपाहा दृष्टिकोण हो उनले माफी माग्नु पर्छ र यसको आलोचना गर्नुपर्छ ।”

No comments: