News

Jan 1, 2012

अत्यावश्यक सेवामा बन्द-हड्ताल गर्न नदिन सर्वोच्चमा रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १७- पेट्रोलियम पदार्थ तथा ग्यासजस्तो अत्यावश्यक वस्तुको बिक्री वितरणमा बन्द-हड्ताल रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, एलपी ग्यास उद्योग सङ्घ र ग्यास बिक्रेता महासङ्घले यही पुस ९ देखि २७ गतेसम्म बन्द हड्तालसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका अधिवक्तात्रय अच्युतराज बुढाथोकी, गजबहादुर ऐरी र जगन्नाथ मिश्रले संयुक्तरूपमा रिट दायर गरेका हुन्। निवेदनमा आम उपभोक्तालाई सास्ती भइरहने यस्ता सेवा सुचारु रूपले सञ्चालन गराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। नेपाल आयल निगमको व्यवस्थापनमा सुधार गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन गराउन, पेट्रोलियम ऐन तर्जुमा गरी लागु गराउन, भारतीय आयल निगमसँगको सम्झौता पुनरावलोकन गरेर नेपाल आयल निगमको हितमा हुने गरी सम्झौता गर्न लगाउन पनि रिटमा माग गरिएको छ।

No comments: