News

Jan 4, 2012

त्रिभुवनको शालिक हटाउने निर्णयविरुद्ध राप्रपा नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २० ,शहीद गेटमा रहेको पूर्व राजा त्रिभुवनको शालिक हटाउने सरकारी निर्णयविरुद्ध राप्रपा नेपाल आन्दोलित भएको छ। संवैधानिक राजतन्त्रको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको राप्रपा नेपालले बुधबार सालिक हटाउने सरकारी निर्णयको विरोध गर्दै संसद अवरुद्ध गरेको छ। बैठक सुरु हुनासाथ राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले विशेष समय माग्दै सरकारी निर्णयको विरोध गरे। सदनलाई सम्बोधन गर्दै उनले भोलि वसन्तपुरबाट जुलुस निकाल्ने समेत जानकारी गराएका थिए। 'निर्णय नउल्टाएसम्म आन्दोलनका कार्यक्रम जारी रहनेछन्', गुरुङले भने। राप्रपा नेपालका संसदमा ४ सभासद छन्। शाही कदमको बेलामा राजा ज्ञानेन्द्रको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका कमल थापाले लोकतन्त्र पुनर्वाहालीपछि सो दल गठन गरेका हुन्। यसै साता सरकारले शहीद गेटमा रहेको पूर्वराजा त्रिभुवनको सालिक नारायणीहिटी सङ्ग्रालयमा सार्ने निर्णय गरेको थियो।

No comments: