लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २०,सरकारले विद्यार्थीका लागि रासन कार्ड दिने तयारी गरेको छ। रासन कार्डबाट विद्यार्थीलाई मट्टीतेल, ग्यास र खाद्यान्न सहितका उपभोग्य सामग्री सुपथ मूल्यमा प्राप्त गर्न सहज हुनेछ। ६० बुँदे माग राख्दै प्रधानमन्त्री समक्ष छलफल गर्न गएको अखिल क्रान्तिकारीको टोलीलाई सरकारी पक्षबाट यस्तो जानकारी दिइएको हो। छलफलमा सहभागी शिक्षा मन्त्री दीननाथ शर्मा अनुसार रासन कार्ड निर्देशिका एक महिनाभित्र जारी गर्ने सहमति भएको छ। ६० बुँदै माग लिएर प्रधानमन्त्री भेट्न गएको क्रान्तिकारीको टोलीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले जायज माग पूरा हुने आश्वसन दिएका छन्। प्रधानमन्त्रीले विद्यार्थीका माग पुरा गर्न राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलको संयोजकत्वमा दस सदस्यीय कार्यदल गठन गर्न निर्देशन दिएका छन्। कार्यदलमा क्रान्तिकारीसँग सम्बद्ध पाँच विद्यार्थी तथा अर्थ, श्रम तथा यातायात व्यवस्था, शिक्षा र आपूर्ति मन्त्रालयका सहसचिव सदस्य तोकिएको जानकारी शिक्षामन्त्री शर्माले दिए।
No comments:
Post a Comment