News

Jun 3, 2008

माओवादीले राजनीतिक सहमति जुटाउन नसकेको निश्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार निर्माण गर्न सबैभन्दा ठूलो दल माओवादीले राजनीतिक सहमति जुटाउन नसकेको निश्कर्ष मधेशी जनअधिकार फोरमले निकालेको छ ।मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादीले सरकार बनाउन राजनीतिक सहमति जुटाउन नसकेको आफ्नो निश्कर्ष सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै जेठ २१ गते राजधानीमा यादवले माओवादीले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दावी गरेकाले राजनीतिक सहमति नभएको धारणा राखे । 'जनताले धेरै मत दिएकाले सरकारको नेतृत्वमा माओवादीको दावी ठिक भए पनि दुवै पदमा उसले दावी गर्न मिल्दैन' यादवले भने । जेठ १९ गते सम्पन्न फोरमको बैठकले आत्मानिर्णयको अधिकारसहित स्वयायत्त प्रदेशहरुको गठन, प्रत्यक्ष मतबाट सरकार प्रमुख र राष्ट्र प्रमुखको चयन, कार्यकारी राष्ट्रपतिको ब्यवस्था, प्रत्यक्ष निर्वाचनबाट प्रदेश सरकार र प्रादेशिक मुख्यमन्त्रीको निर्वाचन हुनु पर्ने निर्णय गरेको छ । फोरमले सरकारको नेतृत्व गर्न माओवादीलाई समर्थन गर्ने तर, गुण र दोषका आधारमा सरकारको समर्थन वा बिरोध गर्ने निर्णय गरेको पनि यादवले जानकारी दिए । बैठकले पार्टी संगठनलाई पुनर्गठन गर्दै उपेन्द्र यादवलाइ अध्यक्ष, जयप्रकाश गुप्तालाई उपाध्यक्ष र प्रवक्ता, बिजयकुमार गच्छदारलाई बरिष्ठ नेतामा चयन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । यसैगरी, बैठकले ससंदीय दलका नेतामा महासचिव रामसहाय यादवलाई चयन गरेको छ ।

No comments: