News

Jun 2, 2008

पूर्वराजाको दरबार बहिर्गमन समय सर्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साइतका विषयमा राजज्योतिषहरूबीच मतान्तर भएपछि पूर्वराजा ज्ञानेन्द्रको आइतबार हुने भनिएको गृहप्रवेश स्थगित गरिएको छ। नयाँ घर प्रवेश गर्दा साइत हेर्नुपर्ने परम्पराअनुसार दरबारले मुलुकमा गणतन्त्र घोषणा भएको भोलिपल्ट राजज्योतिषसँग साइत जुराएको थियो।हिन्दु परम्पराअनुसार साइत जुराउनुपर्ने भएकाले दरबारकै आदेशमा साइत जुराइएको हो’ -दरबारस्रोतले भन्यो। पूर्वराजा ज्ञानेन्द्रसहित नारायणहिटीमा रहेका परिवार बाहिरिन राजज्योतिषले छुट्टाछुट्टै तीन दिनको साइत जुराएको स्रोतले बतायो।जेठ १७ गते पहिलो, जेठ १९ गते दोस्रो र आउँदो शुक्रबार जेठ २४ गते तेस्रो दिनको साइत जुराएको दरबारस्रोतले नजाएको छ।हिजो आइतबार र्सर्ने तयारी भएको थियो, तर राजज्योतिषबीच मतविभाजनका कारण पाँच दिन पर सरेको छ’ -स्रोतले जनायो।पूवराजाले आउँदो शुक्रबार दरबार छाड्ने सम्भावना रहेको बताउँदै स्रोतले भन्यो- राजज्योतिषले दिएको समयअनुसार उक्त दिन बिहान ९ बजे दिउँसो ३ बजे र राति ९ बजे साइत जुराइएको छ।

No comments: