लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५डिसेम्बर,२००९, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले कैलालीमा सुकुम्बासीहरुलाई दमन गर्नु शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र भएको बताउनुभएको छ ।कर्मचारी संगठनको पहिलो केन्द्रीय सभाको आज राजधानीमा उदघाटन गर्दै अध्यक्ष प्रचण्डले कैलालीमा सुकुम्बासीहरुमाथि भएको दमनले शान्ति सम्झौता र संविधान निर्माण प्रक्रिया संकटमा परेको बताउनुभयो ।उहाँले सुकुम्बासी समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा सरकारले बल प्रयोग गरेर सहमतिको राजनीति तोडेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार मुलुकमा रक्तपात मच्चाउन उद्दत रहेको आरोप समेत लगाउनुभयो । उहाँले कैलालीमा भएको चरम दमनका दोषीमाथि कारवाही गर्न सरकारसमक्ष माग पनि गर्नुभयो ।

No comments:
Post a Comment