News

Dec 10, 2009

शान्ति सम्झौताका केही प्रावधान परिवर्तन गर्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर राजनीतिक गतिरोध हल गर्न र बाधक भएका विस्तृत शान्ति सम्झौताका केही प्रावधान परिवर्तन गर्न सक्रिय भूमिका खेलिदिन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री नेपाल बुधबार साँझ सभापति कोइरालालाई भेट्न कोइरालानिवास महाराजगन्ज पुग्नुभएको थियो।एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’सँग मंगलबार भेटेका प्रधानमन्त्री नेपालले समस्या समाधानका लागि तीव्र पहल गर्नुभएको हो।भेटमा सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर समस्याको समाधान खोज्नु उपयुक्त भएकाले आफू त्यसतर्फकेन्द्रित रहेको जानकारी गराउनुभएको थियो। मसँग भेट गर्न आउँदा माओवादी अध्यक्ष प्रचण्ड समस्या समाधानका लागि अत्यन्त सकारात्मक देखिन्छन् तर बाहिर गएपछि उनमा संवेदनशीलता देखिने गरेको छैन’ -कोइरालाले प्रचण्डका बारेमा भन्नुभएको थियो।प्रधानमन्त्री नेपालले माओवादीहरू समस्या समाधानका लागि बनाएका कार्यदलको बैठकमै अनुपस्थित भइदिने, माओवादी लडाकू रेखदेख, समायोजन र पुनःस्थापना विशेष समितिको बैठकमा नआउने, संविधान निर्माणमा बाधा पुग्ने कार्यतर्फउन्मुख हुने कार्यमा व्यस्त रहेकाले संविधान निर्माण र शान्ति प्रक्रियालाई अगाडि बढाउने काममा कठिनाइ भएको जानकारी गराउनुभएको थियो।तीन दलको कार्यदलको बुधबार दिउँसो हुने भनिएको बैठकमा माओवादीपक्ष अनुपस्थित भएपछि बैठक नै स्थगित गर्नुपरेको थियो।प्रधानमन्त्री नेपालले बाह्रबुँदादेखि विस्तृत शान्ति सम्झौताका केही बुँदा परिमार्जन नगर्दा सरकार र सरकारी संयन्त्रहरूलाई काम गर्न कठिन भइसकेकाले पनि राजनीतिक सहमति बनाएर त्यसतर्फपाइला चाल्नुपर्ने विषयमा सभापति कोइरालाको ध्यानाकर्षण गराउनुभएको थियो।

No comments: