News

Dec 5, 2009

भारतीय राजदूतले हिन्दीमा बोलेको विरोधमा विद्यालय बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय राजदूत राकेश सूदले हिन्दी भाषामा सम्बोधन गरेको भन्दै उदयपुरको ज्योति नमुना उच्चमाध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार पठन पाठन बहिष्कार गरेका छन्।भारतीय दूतावासको १ करोड ९७ लाख रूपियाँको लागतमा निर्माण हुन लागेको उच्चमावि भवनको सिलान्यास गर्ने क्रममा दुइ दिनअघि बुधबार राजदूत सूद त्यहाँ पुग्नुभएको थियो। राजदूत सूदलाई स्वागत गर्न बनाइएको ब्यानरसमेत हिन्दी भाषामै लेखिएको थियो।सूदले सोही कार्यक्रमलाई हिन्दी भाषाबाट सम्बोधन गर्नुभएको थियो। सोही कार्यक्रमका जहाँ राजारानी हुन्छ, त्यहाँ राम्रो नेपाल हुन्छ’ भन्ने गीत बजेकोमा पनि विद्यार्थीले विरोध जनाएका छन्। उच्च माविका प्राचार्य अमरेन्द्र झाले केही विद्यार्थीले राजदूत सूदले हिन्दी भाषामा बोलेकोमा राजनीतिक रंग दिएर अनावश्यक विवाद ल्याएको बताउनुभयो।

No comments: