News

Dec 15, 2009

टेलिफोनमै सकियो शिर्ष नेताहरुको बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ डिसेम्बर, २००९,पटक पटक टेलीफोन गरी शिर्षबैठक बस्ने तयारी गरिरहेका तीन दलका प्रमुख नेताहरुको बैठक टेलिफोनमै सिमित भएको छ । दलहरुबीच सहमतिका लागि गठित कार्यदलले सहमति जुटाउन नसकेपछि तीन दल कांग्रेस एमाले र माओवादीका शिर्षनेताहरुको बैठक बसी आज सहमति जुटाउने भनिए पनि टेलिफोन वार्तामै बैठक स्थगित गर्ने सहमति भएको श्रोतले बताएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद काइरालाको निवास महाराजगञ्जमा बैठक बस्ने बताइए पनि अन्त्यमा आएर स्थगित गरिएको हो । बैठक बस्ने तयारीका लागि तीनै दलका दोस्रो तहका नेताहरु दिनभर व्यस्त रहेपनि शिर्षनेताहरुलाई एकै ठाउँमा जम्मा पार्न भने असफल भए । यसअघि माओवादी अध्यक्ष प्रचण्डले आजै तीन दलबीच सहमति जुट्ने दाबी गरेका थिए । बैठक भोली बस्ने संभावना रहेको बताइएको छ ।

No comments: