News

Dec 12, 2009

माओवादीको 'थरुहट' स्वायत्त गणराज्य घोषणा कार्यक्रमप्रति विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २७ ,तराईका आदिवासी थारुको सामुदायिक संस्था थारु कल्याणकारी सभाले माओवादीको 'थरुहट' स्वायत्त गणराज्य घोषणा कार्यक्रमप्रति विरोध जनाएको छ ।सभाका महासचिव राजकुमार लेखीले बिज्ञप्ति जारी गरी तराईमा प्रदेश निर्धारणका सम्बधमा विगतदेखि नै आफ्नो धारणा राख्दै आएको उल्लेख गर्दै तराईलाई 'मधेशकरण' गर्न खोजेको भन्दै बिरोध गरेको हो ।'तराइलाई मधेश बनाउने पक्षमा संविधानसभाका समितिहरु निरन्तर लागिरहेका छन् र यसमा माओवादीको पनि साथ रहादै आएको छ' बिज्ञप्तिमा भनिएको छ, 'औपचारिक निर्णय गर्ने ठाउा संविधानसभामा तराईका आदिवासीलाई मधेशीकरण गर्ने, तराईलाई मधेश बनाउने जस्ता घृणित खेलमा सहभागी हुने अनि सडकमा आएर 'थारुवान स्व्ाायत्त गणराज्य' घोषणा गर्ने माओवादीको नीतिमा अन्य ठूला राजनीतिक दलहरुले पनि उत्तिकै साथ दिएकोमा थारु कल्याणकारिणी सभा घोर भत्र्सना गर्दछ ।'सभाले तराईमा आदिवासी जनजाती समुदायहरुको बाहुल्यता हुने गरी मुस्लिम, दलित र अन्य अल्पसंख्यक एवं विभिन्न समुदायको पहिचान र अधिकार स्थापित गर्दै प्रदेश निर्धारण गर्नुपर्ने बताएको छ ।आफ्नो अधिकारका नाममा अरुको अधिकार र पहिचान समाप्त पार्ने 'मधेशवादी' नीतिको पक्षपोषण गर्दै बनाइने प्रदेश सभालाई मान्य नहुनेसमेत बिज्ञप्तिमा उल्लेख गरिएको छ । 'हामी के प्रस्ताव गर्दछौं भने आदिवासी बाहुल्य प्रदेश नै बनाइनुपर्छ । यसरी प्रदेश बनाउदा धेरै संख्यामा प्रदेश बन्छ र मुलुकको आर्थिक अवस्थाले धान्न सक्दैन भन्ने पहाडी मधेशी ब्राम्हणवादी गुटले चलाएको भ्रममा नफस्न पनि हामी अपिल गर्दछौं' बिज्ञप्तिमा भनिएको छ ।आदिवासीहरुले सस्तो र थोरै खर्चमा प्रदेश चलाउन सक्छन् र त्यस्तो प्रदेशले मात्र सुशासन दिनसक्छ भन्ने विश्वाश सभाले लिएकोसमेत बिज्ञप्तिमा उल्लेख छ ।साथै आदिवासी जनजातीहरु कुनै राजनीतिक दल विषेशले स्वायत्त गणराज्य घोषणा गरिदियोस् भनी आन्दोलित नभएको उल्लेख गर्दै संविधानसभाले मात्र आदिवासी जनजातिले मागे अनुरुपको स्वायत्त गणराज्य घोषणा गर्नुपर्ने सभाको धारणा रहेको स्पष्ट पारिएको छ ।'माओवादीले संघीयताको पक्षमा जुन स्प्रिट देखाएको छ त्यसको हामी कदर गर्छौ' बिज्ञप्तिमा भनिएको छ, 'तर, यसरी आमसभा गरेर गणराज्य घोषणा गर्दैमा नेपालका आदिवासीहरुले स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकार सहितको प्रदेश पाउछन् भन्नु हास्यास्पद कुरा हो ।'उनले स्वायत्तता प्राप्त गर्नका लागि संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले संविधानसभाभित्रै गम्भिरतापूर्वक छलफल चलाएको हेर्न जनता आतुर रहेकोसमेत स्पष्ट पारेको छ ।

No comments: