News

Dec 11, 2009

लिम्बुवानको विर्तामोड झापामा विशाल लिम्बुवान आमसभा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी बी आङ्बुङ
विर्तामोड झापा Dec. 11,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुणपूर्वको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लिजोङ, पान्थर, इलामलाई आत्मनिर्णयको अधिकार र विशिष्ट स्वायत्ततासहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले मंसिर २६/डिसेम्बर ११ मा विशाल लिम्बुवान आमसभा गरिरहेको छ । साथै, सोही दिन ए नेकपा माओवादीले पनि सोही ठाउँमा कोचिला र मेयङलुङ तेह्रथुममा लिम्बुवान गणराज्यको घोषणा सभा राखेको छ । दुइ महिना अगावै तय गरिएको मंसिर २६ गते विर्तामोड झापामा सम्पन्न हुने सो विशाल लिम्बुवान आमसभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' र मञ्चका महासचिव खगेन्द्र माखिमलगायत केन्द्रीय वक्ताहरुबाट विशेष सम्बोधन गरिनेछ । लिम्बुवान आमसभा विर्तामोडको अग्रसेन मैदान र माओवादीको कोचिला गणराज्यको घोषणा सभा मुक्ति चोकमा हुने तय गरिएको छ । यो दिन विर्तामोड झापा लिम्बुवानमा लाखौं जनमासको उपस्थिति हुने जनाइएको छ । लिम्बुवान र कोचिलाबीच हुँनसक्ने झडपलाई ख्याल राख्दै आ-आफ्ना रुटको निर्धारण गरी सुरक्षा व्यवस्थासमेत कडा गरिने भएको छ । अघिल्लो दिन साँझ अबेरसम्ममा आमसभाको प्रायजसो तयारी सकिएको छ । राजमार्गमा गेटहरु ठडाइएका छन् भने रोड र चौकहरु संगठनका झण्डा र व्यानरले झकिझकाउ बनाइएको छ ।

No comments: