News

Dec 15, 2009

गोर्खाल्यान्ड क्षेत्रमा चारदिने आमहडताल शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिर्तामोड, दार्जिलिङमा छुट्टै राज्यको माग राख्दै आएको गोर्खा जनमुक्ति मोर्चाले सोमबारदेखि गोर्खाल्यान्ड क्षेत्रमा चारदिने आमहडताल शुरू गरेको छ। भारतको उत्तराञ्चलमा छुट्टै तेलंगना राज्य गठनको सरकारले प्रक्रिया शुरू गरेपछि थप आक्रोशित बनेको मोर्चाले आन्दोलनलाई निर्णायक मोडमा पुर्याउन आमहडतालको आ³वान गरेको जनाएको छ। सोमबार बिहानदेखि आ³वान गरेको आमहडतालका कारण पश्चिम बंगाल राज्यको पहाडी क्षेत्र दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक र डुबर्स क्षेत्रको जनजीवन प्रभावित बनेको छ।भारत सरकारले तेलंगनासहित दुइ राज्यको गठन प्रक्रियालाई अघि सारेपछि आन्दोलित मोर्चाले यसै अवधिमा गोर्खाल्यान्ड राज्यको पनि प्रक्रिया अघि बढाउन माग गर्दै आएको छ। सरकारले तत्काल सकारात्मक कदम नचाले आन्दोलनलाई अझ कडा पार्दै लगिने मोर्चाका अध्यक्ष विमल गुरुङले बताउनुभयो।गोर्खाल्यान्ड राज्य प्राप्तिका लागि भोक हडतालजस्ता प्रभावकारी कार्यक्रम गर्दा पनि सरकारी धारणा नआएपछि आमहडतालको कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।यसअघि मोर्चा, पश्चिम बंगाल सरकार र केन्द्रीय सरकारबीच गोर्खाल्यान्ड राज्यबारे त्रिपक्षीय वार्ता हुने तय भएको छ।

No comments: