News

Dec 5, 2009

एमालेका अध्यक्ष झलनाथ खनालको बोली अचानक फेरियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५डिसेम्बर,२००९, केही समय अगाडिसम्म आफ्नै पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध गर्दै अभिव्यक्ति दिंदै आउनु भएका एमालेका अध्यक्ष झलनाथ खनालको बोली अचानक फेरिएको छ । पार्टीको पोलिटब्यूरो लगायतका बैठकहरुमा पार्टीका नेताहरुबाट आलोचना खेप्ने क्रम जारी रहेपछि अध्यक्ष खनालको बोली अचानक फेरिएको आशंका राजनीतिक वृत्तमा गरिएको छ । अध्यक्ष खनालले आज झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले नै नयाँ संविधान जारी गर्ने बताउनुभएको छ । उहाँले निर्धारित समयमा नै दलहरुबीच सहमतिकै आधारमा नयाँ संविधान बन्ने दावी गर्नुभयो । नयाँ संविधान निर्माणमा दलहरु प्रतिवद्ध रहेको उहाँको भनाई थियो । निर्धारित समयमा संविधान नबने मुलुकमा दुर्घटना हुनसक्ने उहाँको चेतावनी थियो । उहाँले द्वन्द्व, संघर्ष र आमहड्तालले समस्याको समाधान नहुने स्पष्ट पार्दै एकीकृत माओवादीलाई सहमतिमा आउन आह्वान समेत गर्नुभयो । एक अर्को प्रसंगमा अध्यक्ष खनालले पार्टीभित्र कुनै विवाद नरहेको बताउनुभयो । केही सानातिना बिषयलाई लिएर सञ्चारकर्मीहरुले अनावश्यक हल्ला फैलाएको आरोप उहाँको थियो ।

No comments: