News

Dec 9, 2009

केही विवादित बिषयमा हुने भयो मतदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९डिसेम्बर,२००९, केही बिषयमा संवैधानिक समितिमा दलहरुबीच मतभेद कायम रहेपछि मतदान हुने भएको छ । राष्ट्रिय झण्डा लगायत संविधान संशोधनसम्बन्धी बिषयमा दलहरुबीच मतभेद बढेपछि मतदान हुने सम्भावना बढेको हो ।समितिमा अहिले विवादित बिषय केन्द्रीकृत गर्न शुरु गरिएको छ । यद्यपि सहमतिको प्रयास भने जारी रहेको समिति निकट स्रोतले जनाएको छ । मतदानको तिथि भने तय भईसकेको छैन । एकीकृत माओवादीले राष्ट्रिय झण्डा फेर्नुपर्ने प्रस्ताव गरेको छ भने काँग्रेस, एमाले लगायतका दलहरुले फेर्न नहुने अडान राखेका छन् । यस्तै माओवादीले संविधानका सबै प्रावधानहरू संशोधन गर्न सकिने प्रावधान राख्न प्रस्ताव गरेको छ तर नेपाली काँग्रेस, नेकपा एमालेलगायत अन्य दलका सदस्यहरूले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, जनतामा निहीत सार्वभौमसत्ता र राजकीय सत्ता अपरिवर्तनीय हुनुपर्ने अडान राखेको छ । संविधान संशोधनको विषयमा सङ्घीयता, प्रेस स्वतन्त्रता, अदिबासीको अग्राधिकार, धर्म निरपेक्षतालगायतका शब्दहरु पनि थप्नका लागि केही सदस्यले प्रस्ताव गरेका छन् । आधारभूत मान्यताहरू संघीय व्यवस्थापिकाको निर्णय र जनमत संग्रहबाट मात्र अनुमोदन गरेर संविधान संशोधन गर्नुपर्ने प्रस्ताव पनि आएको समितिले जनाएको छ ।

No comments: