News

Dec 15, 2009

आदिवासी जनजातिका सभासद् र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर २ घन्टापछि रिहाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ३० जातीय आत्मनिर्णयको अधिकार माग गर्दै धर्ना बसेका आदिवासी जनजातिका सभासद् र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर २ घन्टापछि छाडेको छ। मङ्गलबार दिउसो माइतीघर मण्डलमा धर्ना दिइरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो। आदिवासी जनजातिको बृहत् मोर्चाका तर्फबाट विभिन्न जातीय सङ्घ/संस्था र दल निकट जनजाति मोर्चाका कार्यकर्ता धर्नामा सहभागी थिए।मोर्चाले जातीय आत्मनिर्णयको अधिकार, राजनीतिक अग्रधिकारलगायत मागसहित धर्ना दिएको थियो।धर्नाबाट पक्राउ पर्नेमा माओवादीका सभासद् सुरेश आले मगर, गमबहादुर श्रीस मगर, कुमार राई र जनजाति महासङ्घका महासचिव तथा सभासद रामबहादुर थापा, कृष्णबहादुर भट्टचन, थारूहटका लक्ष्मण थारूलगायत् ७० भन्दा बढी थिए। उनीहरुलाई दुई घन्टापछि छाडेको सभासद् गमबहादुर श्रीसले बताए। । आदिवासी जनजाति बृहत मोर्चाको नाममा आज दिउँसो माइतीघर मण्डलामा चक्काजाम गरिरहेका झण्डै सात दर्जन प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो ।

No comments: