News

Dec 11, 2009

आन्दोलन चर्काउने भए पत्रकारहरुले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११डिसेम्बर,२००९, आम सञ्चारकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । रुकुमकी महिला पत्रकार टीका बिष्टमाथि आक्रमणको विरोध र आम पत्रकारहरुको सुरक्षाको माग गर्दै महासंघ थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । महासंघले रुकुमकी पत्रकार टिका बिष्टमाथि भएको सांघातिक आक्रमणको स्थलगत अध्ययनका लागि ३ सदस्यीय मिसन टोली गठन गरेको छ। केन्द्रीय कोषध्यक्ष रमेश बिष्टको संयोजकत्वमा मिसन टोली गठन गरेको छ । टोलीका सदस्यहरुमा केन्द्रीय सदस्य जनक नेपाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मी रहेका छन् । टोलीले घटनाको स्थलगत अध्ययन गर्ने बताइएको छ । महासंघको आज बसेको सचिवालय बैठकले साता ब्यापी आन्दोलनको घोषणा गरेको छ। घोषित आन्दोलनका कार्यक्रमहरुमा भोली शनिबार महिला सञ्चारकर्मी र अधिकारकर्मीद्धारा देशभर प्रदर्शन गर्ने , २८ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, २९ गते केन्द्रका मुख्य–मुख्य नेताहरुलाई ज्ञापनपत्र बुझाउने, ३० गते हातमा कालोपट्टी बाँधेर काम गर्ने, पुस २ गते सरोकार र पेशाकर्मीबिच छलफल गर्ने, ३ गते सडक अन्तक्रिया गर्ने लगायतका रहेका छन् ।

No comments: