News

Dec 10, 2009

मैना सुनुवार हत्याकाण्डका चार आरोपितमध्ये मेजर बस्नेत नेपाल फर्कंदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २५ संयुक्त राष्ट्रसङ्घीय मिसन, चाड (अफ्रिका) मा शान्ति स्थापनाका लागि खटिएका नेपाली सेनाका मेजर निरञ्जन बस्नेत बिहीबार राति नेपाल फर्कंदै छन्। मैना सुनुवार हत्याकाण्डका चार आरोपितमध्ये बस्नेतलाई राष्ट्रसङ्घले जिम्मेवारीबाट मुक्त गरेको हो। मैनाकी आमा देवीले दोषीउपर कारबाही गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र लेखेको साता दिन नबित्दै बस्नेत मिसनबाट फर्किन लागेका हुन्। देवीले २३ मंसिरमा प्रधानमन्त्रीलाई पत्र लेख्दै दोषीउपर कारबाही गर्न माग गरेकी थिइन्। सन् २००४ मा काभ्रेकी १५ वर्षीया किशोरी मैना सुनारलाई सेनाको ब्यारेकमा लगी हत्या गरिएको घटना गम्भीर मानवअधिकार हनन मुद्दाका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासको विषय बनेको थियो।मैना हत्याका आरोपीमध्ये बस्नेतमात्र हाल सेनामा कार्यरत् छन्। काभ्रे जिल्ला अदालतले हत्यामा संलग्न भएको आरोपमा बस्नेतलाई निलम्बन गर्ने आदेश दिए पनि सेनाले अदालतको आदेश पालन गरेको छैन। अदालतले बस्नेतबाहेक नेपाली सेनाका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीहरु सुनील अधिकारी, अमित पुनलाई समेत कारबाही आदेश दिएको थियो। यी तीनै सैनिक अधिकृत हाल सैन्य सेवामा छैनन्।सेनाको अनुसन्धानमा बस्नेत दोषी नदेखिएकाले उनलाई कोर्ट मार्सल नभएको नेपाली सेनाले जनाउँदै आएको छ।

No comments: