News

Dec 10, 2009

प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१०डिसेम्बर,२००९, धनुषाको उत्तरपूर्वी गाउँ मंगलपुरमा बुधबार राती प्रहरी र सशस्त्र समूहबीच दोहोरो गोली हानाहान भएको छ । मंगलपुर इलाकामा अपराधिक क्रियाकलाप भईरहेको सूचनाको आधारमा खानतलासी गर्ने क्रममा अपराधीहरुले प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि प्रतिकारमा प्रहरीले समेत गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनुषालाई उद्धृत गर्दै प्राप्त समाचारमा जनाइएको छ । घटनामा कुनै मानवीय क्षति नभए पनि घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेकाहरुमा जयचन्द्र शर्मा र बेचन यादव रहेका छन् । उनीहरुको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र पाँच थान गोली बरामद गरेको जनाएको छ ।

No comments: