News

Dec 11, 2009

गृहमन्त्रीलाई तत्काल बर्खास्ती गर्नु पर्ने माग माओवादीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ डिसेम्बर, २००९,गृहमन्त्री भिम रावलले आपराधिक घटनालाई मलजल गरेको र आपराधिक गिरोहको संरक्षण गरिरहेको भन्दै एनेकपा माओवादीले तत्काल बर्खास्त गर्न माग गरेको छ । माओवादी केन्द्रीय जनआन्दोलन समितिले आज एक बिज्ञप्ती जारी गरी डुँडेझारीदेखि सल्यानको लुहापिङसम्म आइपुग्दा गृहमन्त्रीमा फौजी उन्माद र आपराधिक मनोवृत्तिको पराकाष्ठा देखिएकाले उनलाई तत्काल बर्खास्ती गर्नु पर्ने माग गरेको हो । संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालका अध्यक्ष बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा सल्यानमा २०६६ मङ्सिर २३ गते घेराउ कार्यक्रम सम्पन्न गरी बसमा फर्किरहेका माओवादीमाथि सल्यान लुहापिङ, कभड हलनिर एमालेसम्बद्ध युथ फोर्सका जत्थाले एकाएक ढुङ्गामुढा गरेको र दर्जनौं युवाहरूलाई घाइते बनाएको आरोप लगाइएको छ।राज्यको आडमा सत्ताधारी दलका भरौटे लठैतहरूले गरेको त्यो आततायी आक्रमणको जनआन्दोलन घोर निन्दा एवम् भर्त्सना गर्दछ भन्दै विज्ञप्तिमा उनले कठपुतली सरकारका गृहमन्त्रीले सो घटनामा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का कार्याकर्तालगायतका युवाहरूमाथि गोली चलाउने र जनआन्दोलनका जिल्ला संयोजक, एकीकृत माओवादीका सल्यान जिल्ला सेक्रेटरी र वाईसीएल अध्यक्षलाई झुट्टा मुद्दा लगाएर थुन्ने ठाडो आदेश दिएको पनि जनाएका छन्।

No comments: