News

Dec 9, 2009

सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई कर तिराउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९डिसेम्बर,२००९, सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई कर तिराउने भएको छ ।मन्त्रिपरिषदको आज बुधबार बसेको बैठकले पूर्व राजा ज्ञानेन्द्र शाहलाई गणतन्त्र घोषणा भएदेखि लागू हुने गरी कर तिराउने निर्णय गरेको हो । कर कसरी तिराउने ? भन्नेबारेमा विधेयक समितिमा छलफल गरिने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
यस सम्बन्धमा आवश्यक कार्य अर्थ मन्त्रालयले गर्ने बताइएको छ ।

No comments: