News

Dec 12, 2009

टाइगर उड्सले तत्कालका लागि गल्फबाट टाढिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन , मंसिर २७ - फ्लोरिडास्थित घरबाहिर दुई साताअघि कार दुर्घटना भएयता विवाहेत्तर सम्बन्धले नकारात्मक चर्चामा रहेका टाइगर उड्सले तत्कालका लागि गल्फबाट टाढिने निर्णय गरेका छन् ।हालै मात्र एक अर्ब अमेरिकी डलर आर्जन गर्ने पहिलो खेलाडी बनेका उड्स दुर्घटनापछि सार्वजनिक भएका युवतीहरूको सम्बन्धले बिग्रँदै गएको दाम्पत्य जीवन सुधार गर्न सकेका छैनन् । 'आत्माले खोजेपछि मैले अनिश्चित रूपमा व्यावसायिक गल्फबाट ब्रेक लिएको छु', उड्सले शुक्रबार आफ्नो वेबसाइटमा लेखेका छन्, 'राम्रो पति, पिता र व्यक्ति बन्न केन्दि्रत हुनुपर्ने मेरो आवश्यकता छ ।' नम्बर एक गल्फ खेलाडी गल्फबाट टाढिएको यो लगातार दोस्रो वर्ष हो । एक वर्षअघि बायाँ घुँडामा सर्जरी गरेपछि आठ महिना उनी गल्फ कोर्स उत्रन सकेनन् । टुटेको परिवार जोड्न योपल्ट गल्फ छाडेका उनका लागि अर्को पुनरागमन कठिन हुनेछ ।'यो निराशामा म जिम्मेवार छु र मेरो अनिश्चितताले धेरै मानिस, विशेषगरी पत्नी र बच्चाको हृदय दुखेको छ', उड्सले भने, 'फेरि सबैसँग म यो ठूलो गल्तीमा क्षमा माग्न चाहन्छु र माफी पाइन्छ भन्ने मलाई लागेको छ । टुटेको सम्बन्ध पुरानै रूपमा जोड्न सम्भव छैन । तैपनि म राम्रो गर्ने प्रयासमा कुनै कसर बाँकी राख्ने छैन ।'उड्सले पत्नी एलिनसँग ५ वर्षअघि विवाह गरेका थिए । उड्स दम्पतीको २ वर्षे छोरी र १० महिनाका छोरा छन् । दुर्घटनायता सर्वाधिक लोकपि्रय गल्फर सार्वजनिक रूपमा देखिएका छैनन् । व्यावसायिक गल्फमा पुनरागमन गर्ने उनले कुनै संकेत दिएका छैनन् । त्यसले ज्याक निकलसको १८ मेजर जितेको रेकर्ड भंग गरेको हेर्ने चाहना पर सरेको छ । यो वर्ष मेजर उपाधि जित्न नसकेका उनले १४ सफलता चुमेका छन् ।

No comments: