News

Dec 10, 2009

मातृका यादवद्वारा पनि गरे वन अतिक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० डिसेम्बर, २००९,माओवादीले वन अतिक्रमण गरी ६ जनाको ज्यानै गएको घटना सेलाउन नपाउँदै मातृका यादवद्वारा पुर्नगठित माओवादीले सुकुम्वासीका नाममा फेरी बन क्षेत्र अतिक्रमण गरेका छन् । सो पार्टीको भातृ संगठन अखिल नेपाल किसान संघका कार्यकर्ताहरुले कपिलवस्तुको बकुलपुर गाबिस-२, ईमिलिया डेढ सय बिगहा जग्गा कब्जा गरेको समाचार प्राप्त भएको छ ।पार्टी कार्यकर्ताहरुको समुह गएर सुकुम्वासीका नाममा राष्ट्रिय बनका रुपमा रहेका जग्गा कब्जा गरेका हुन् । त्यहाँ २०५३ साल देखि नै सुकुम्बासीहरु बसीरहेका बेला केही हुकुम्बासीहरुले षड्यान्त्र गरी बास्तबिक सुकुम्बासीहरुलाई बिस्थापित गरेकाले कब्जा गर्नु परेको यादव समूहका कार्यकर्ताहरुले दाबी गरेका छन् । अखिल संघका जिल्ला अध्यक्ष कृष्ण खनालका अनुसार कब्जा गरिएको जग्गा आज नै ३ सय वास्तबिक सुकुम्बासीलाई बितरण गरिएको छ । उक्त जग्गा पहिलेदेखि उपभोग गरिएका सुकुम्बासीकै हुनु पर्ने पार्टीका ईन्चार्ज दिपक पाण्डेले पनि बताए ।

No comments: