News

Dec 14, 2009

नायिका रेखा थापाले होचा खगेन्द्र थापामगरलाई भेटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ मंसिर : विश्वमै कम उचाइ (६२ सेमी) तथा उमेर (१८ वर्ष) अनुसार कम तौल (४ दशमलव ६ किलो ) भएको भनी गिनिजबुकमा नाम लेखाउन उद्यत खगेन्द्र थापामगरले नायिका रेखा थापासँग बिहे गर्ने इच्छा जाहेर गरेका छन् । खगेन्द्र थापामगर प्रतिष्ठानको पहलमा शेखर खनालको निर्देशनमा निर्माण भइरहेको उनको बायोग्राफी छायांकनका क्रममा आइतबार रेखालाई भेटाउन पुर्‍याइएका खगेन्द्रले भने, 'तपाईसँग बिहे गर्छु । चारवटा औँठी किन्दिन्छु ।' खगेन्द्रको प्रस्तावमा रेखाले हाँस्दै भनिन्, 'ओके माई डियर ।'बायोग्राप निर्माण युनिट सदस्य लव प्याकुरेलका अनुसार खगेन्द्रले आफूलाई नायिका रेखा निकै मनपर्ने र उनीसँग भेट्ने इच्छा गरेकाले भेटाउन ल्याएको बताए । खगेन्द्र्रले पनि आफूले टिभी तथा फिल्ममा रेखालाई देखिरहेको तथा साह्रै मन पर्ने भएकाले भेट्न मन लागेको बताउँदै भने, 'राम्री लाग्यो । बिहे गर्छु ।' खगेन्द्रले अन्य कलाकारहरू महजोडी, राजेश हमाल, मेरीबास्सै टेलिशंृखलाका केदार घिमिरे -माग्नेबूढा) तथा सीताराम कट्टेल (धुर्मुस) लाई भेट्ने इच्छा भएको बताए । खगेन्द्रले माग्नेबूढा र धुर्मुसको क्यारिकेचर पनि गर्ने गर्छन् । उनले आफूलाई फिल्म अभिनयमा रुचि भएको बताए । उनले भने, 'फिल्म खेल्ने मन छ । म पनि केही गर्न सक्छु ।'विश्वमै होचा कदका व्यक्तिका रूपमा गिनिजबुकमा खगेन्द्रको नाम लेखाउनका लागि राज्यले विशेष पहल गर्नुपर्ने कुरामा जोड दिँदै नायिका रेखाले भनिन्, 'उनको नाम विश्वमा चिनाउनुपर्छ । उनी हाम्रो गौरव हुन् ।'रेखा-खगेन्द्र भेटमा रेखाले उनलाई नेपालको झन्डा उपहार दिएकी थिइन् । खगेन्द्रलाई काखमा बोकेर उनले थुप्रैपटक चुम्बन गरेकी थिइन् । खगेन्द्रले पनि रेखालाई पटक-पटक चुम्बन गरेका थिए ।खगेन्द्रको नाम गिनिजबुकमा लेखाउने प्रक्रिया अघि बढिसके पनि ढिलासुस्ती भइरहेकाले राज्यले विशेष चासो देओस् भनेर खगेन्द्रलाई विभिन्न दलका शीर्ष नेता, व्यक्ति तथा उनले भेट्ने इच्छा गरेका कलाकारसँग भेटघाट गराइरहेको बायोग्राफी निर्माण युनिट सदस्य लवले बताए । त्यसकै लागि उनको जन्मस्थान बाग्लुङ धुल्लुबासकोट र हालको बसोबास पोखरा, मुस्ताङ चोकसम्म पुगेर लामो समयदेखि उनको बायोग्राफी क्यामेरामा कैद गरिहेको उनले बताए । लवका अनुसार खगेन्द्रलाई राष्ट्रपति डा. रामवरण यादवसँग भेटाउने पहल भइरहेको छ । उनले भने, 'राष्ट्रपतिज्यूले पनि भेट्ने सन्देश दिनुभएको छ । तर, समय दिन तय भएको छैन ।'

No comments: