News

Dec 11, 2009

बहस गर्दैछन् सभासदहरु संविधानसभामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११डिसेम्बर,२००९, संविधानसभाको आज शुक्रबार बसेको बैठकमा प्राकृतिक स्रोत, अधिकार र राजस्व बाँडफाँड समितिको अवधारणासहितको प्रारम्भिक मस्यौदामाथि छलफल भईरहेको छ ।संविधानसभा भवन, नयाँ बानेश्वरमा जारी छलफलमा विभिन्न राजनीतिक दलका सभासदहरुले बोल्ने क्रम जारी छ । छलफलमा भाग लिंदै नेपाली काँग्रेसका लक्ष्मणप्रसाद घिमिरेले बैज्ञानिक भूमिसुधार लागू गर्दा अध्रि्रहण गरिने जग्गाको क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । सामन्ती भूस्वामित्वको अन्त्य गर्ने नाममा जनताको जग्गा कब्जा गर्न खोजिएको समेत उहाँले बताउनुभयो । छलफलमा भाग लिंदै माओवादीका सभासद खड्गबहादुर विश्वकर्माले न्यायको सिद्धान्तविपरीत भूमिको वितरण गर्न नहुने बताउनुभयो ।

No comments: