News

Dec 9, 2009

नेपाल बन्दलगायतका सम्पूर्ण कार्यक्रम फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर २३ ,माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घले बुधबार २४ गतेका लागि घोषणा गरेको नेपाल बन्दलगायतका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका अध्यक्ष डा. बाबुराम भट्टराईले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गरी मङ्सिर २४ गते विवाहको लगन परेकाले बन्दले जनतालाई दुःख नहोस् भनेर नेपाल बन्दलगायतका कार्यक्रम फिर्ता लिन सुझाव दिनुभएको थियो । विज्ञप्तिमा राष्ट्रपतिको कदमविरुद्ध जारी आन्दोलन यथावत् रहेको र २४ गते विवाहको लगन भएकाले मात्र पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल टे्रड युनियन महासङ्घलाई नेपाल बन्दलगायतका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिन सुझाव दिइएको छ । महासङ्घका केन्द्रीय उपाध्यक्ष बाबुराम गौतम 'आकाश'ले पार्टीको सुझावपछि नेपाल बन्दलगायतका कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभयो । पार्टी केन्द्रको आग्रह र सुझावपछि अखिल नेपाल ट्रेड युनियन महासङ्घले मङ्गलबार साँझ आकस्मिक बैठक बसी मङ्सिर २४ गतेकोलागि घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी महासङ्घका उपाध्यक्ष बाबुराम गौतम 'आकाश'ले दिनुभयो । उहाँले पार्टी केन्द्रको निर्देशन आएको हुनाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको बताउनुभयो । विवाहको लगनलाई ध्यानमा राखी नेपाल बन्दको कार्यक्रम फिर्ता लिए पनि माओवादी निकट मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले बुधबार दिउँसो २४ गते तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत रत्नपार्कबाट बृहत् रूपमा जुलुस निकाल्ने निर्णय गरेको पनि उपाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

No comments: