News

Dec 8, 2009

विश्वब्यापी नेपाली गजल प्रतियोगिता हुदै

लिम्वूवान डट व्लगस्पोट डटकम/ ब्रुनाई
डायस्पोरामा सक्रिय संस्था प्रवासी नेपाली साहित्य समाज प्रभात वेलायत ब्रुनाईको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सहआयोजनामा विश्वब्यापी रुपमा नेपाली गजल प्रतियोगिताको आयोजना गरिएको छ ।आफ्नै स्वरमा गजल रेकर्ड गरि इमेल मार्फत आयोजकलाई पठाई प्रतियोगितामा सहभागिता जनाउन सकिने यस रेडियो गजल प्रतियोगिताको लागि आफै रेकर्ड गर्ने प्रविधि र ज्ञान नभएका स्रष्टाको लागि पनि शिधै सम्पर्क गरि रेकर्ड गर्ने सुविधा उपलब्ध भएको कुरा आयोजकले बताएका छन् ।यस प्रतियोगिताको लागि विभिन्न संस्थाहरुले पुरस्कारको प्रायोजन गरेका छन् । प्रथम दोस्रो र तेस्रो पुरस्कार क्रमश २० हजार १० हजार र ५ हजार नगद रुपैया रहेको छ । नेपाली साहित्यको इतिहासमै ब्यापक रुपले विश्वब्यापी गजल प्रतियोगिताको आयोजना भएको सम्भवत यो पहिलो अवसर हो ।प्रतियोगितामा सहभागि हुन इच्छुक ब्यक्तिले pravasisamaj@gmail.com मा आफ्नो गजल पठाउन सकिने जानकारी प्राप्त भएको छ । प्रतियोगि गजल आगामी माघ ६ गते सरस्वती पुजाको दिन भित्र प्राप्त भईसक्नु पर्नेछ । विस्तृत जानकारीको लागि www.pravasi.com.np हेर्न आग्रह गरिएको छ । सहभागि उत्कृष्ट गजलहरु केही रेडियो मार्फत प्रसारण हुनेछ साथै प्राप्त गजलहरु वेभसाइटमा उपलब्ध हुने जनाईको छ । स्मरण रहोस, एक दशक अघि स्थापना भएको साहित्य समाजले प्रत्येक बर्ष नेपालका एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ भने केही महिना अघि बरिष्ठ साहित्यकार कृष्ण धरावासीलाई पुरस्कृत गरेको थियो त्यस्तैगरि साहित्य मंचले अनलाइन विश्व वेभक्याम नेपाली कविता प्रतियोगिता पहिलो २०६४ र दोस्रो २०६५ सफलतापूर्वक सम्पन्न गरि सकेको छ ।

No comments: