News

Dec 10, 2009

बग्दादमा श्रृङ्खलाबद्ध कार बम विष्फोटमा १२७ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बग्दाद, मंसिर २३ , इराकको राजधानी बग्दादमा भएका श्रृङ्खलाबद्ध कार बम विष्फोटमा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ भने ४ सय ४८ जना घाइते भएका छन्। यसैगरी पाकिस्तानको मुल्तान सहरस्थित गुप्तचर कार्यालयमा भएको आत्मघाती कार बिष्फोट तथा रकेट प्रहारमा १२ जनाको मृत्यु भएको छ। पहिलो बिष्फोट सहरका डोरा जिल्लामा प्रहरीको गस्तीप्रति लक्षित थियो। त्यसपछिका चार वटा बिष्फोट भने सरकारी भवन नजिकै भएका थिए। इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार मोवाफिक अल राबाइले आक्रमण अल कायदाका लडाकुले गरेको आरोप लगाएका छन्। उनले आक्रमणको उद्देश्य फेब्रुअरीमा हुने निर्वाचनअघि देशलाई अस्थिर बनाउने उद्देश्यबाट प्रेरित भएको बताए।'केही दिनदेखि बग्दादमा अल कायदाको गतिविधि बढेको छ'- रुवाइले भने। बिष्फोटका कारण राजधानीका घर हल्लिएका थिए। गृह मन्त्रालय, समाज कल्याण मन्त्रालय, एउटा विश्वविद्यालय र ललितकला इन्स्टिच्युट नजिकै विष्फोट भएका थिए। सो आक्रमणमा मृत्यु हुनेमा अधिकांश सुरक्षाफौजका जवान तथा सर्वसाधारण छन्।आक्रमणमा बाँच्न सफल भएका अहमद जाब्बारले भने- हामीले के अपराध गरेका थियौं ? भग्नावशेषमा बालबालिका तथा महिला च्यापिएका छन्। इराकी सरकारको तथ्याङ्कले १८ महिनामा त्यहाँ हिंसात्मक आक्रमणमा कमी आएको देखाएको छ।
सन् २००३ यता भएका विध्वंसात्मक आक्रमण
२००७ अगस्ट : सिन्जारनजिकै गाउँमा आक्रमण हुँदा ५ सयभन्दा बढी मृत्यु भएको छ।
सन् २००६ अप्रिल : बग्दादमा भएको धेरै वटा बिष्फोटमा २ सय २ जनाको मृत्यु।
सन् २००४ मार्च : बग्दाद र कारबालामा भएको बिष्फोटमा १ सय ७१ जनाको मृत्यु।
सन् २००९ अक्टोबर : बग्दादमा भएको दुई वटा ट्रक बम विष्फोटमा १ सय ५५ जनाको मृत्यु।
सन् २००७ : तालाफारमा भएको ट्रक बम विष्फोटमा १ सय ५२ जनाको मृत्यु।

No comments: