News

Dec 9, 2009

हङकङमा चासोक तङनाम २००९ भब्यताका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२००९ डिसेम्वर ६ तारीख आईतवारका दिन किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा हङकङ स्थित मङकी हिलमा चासोक तङनाम २००९ भब्यताका साथ सम्पन्न गर्यो । उक्त कार्यक्रममा हङकङमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरु अतिथीको रुपमा आसीन हुनुहुन्थ्यो। औपचारीक कार्यक्रममा अतिथीहरुले लिम्बुका महान ब्यक्तिहरुको तस्विरमा माल्यार्पण साथै चुम्लुङ अध्यक्षद्वारा वयोवृद्ध लिम्वु नागरीकहरुलाई समेत दोसल्ला ओढार्इ सम्मान गरीएको थियो। ततपाश्चात अनौपचारीका कार्यक्रममा च्याव्रुङ नाच,धान नाच,हाक्पारे साम्लो,साकेला,अन्य विविध नृत्यहरु प्रस्तुत गरीएको थियो ।

No comments: