News

Dec 12, 2009

आन्ध्र प्रदेश मन्त्रिपरिषद्का २० मन्त्रीले सामूहिक राजिनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हैदरावाद, मंसिर २७ अलग तेलंगाना राज्यको गठन प्रक्रिया शुरु गर्ने केन्द्र सरकारको निर्णयको विरोधमा आन्ध्र प्रदेश मन्त्रिपरिषद्का २० मन्त्रीले शनिबार सामूहिक राजिनामा दिएका छन। राजिनामा दिने सबै मन्त्रीहरु आन्ध्र र रायलसीमा क्षेत्रका हुन्। योसँगै ३३ सदस्यीय मन्त्रिपरिषदमा अब १३ मन्त्री मात्रै रहेका छन्। बाँकी रहेका मन्त्रीहरु तेलंगाना क्षेत्रका हुन् । राजिनामा दिएपछि स्थानीय निकाय मन्त्री रामनारायण रेड्डीले १ सय ४० विधायकका राजिनामा पछि मन्त्रीका माथि पनि यस्तो कदम उठाउन दवाव रहेको बताए । उनले तीन मन्त्रिहरुको एउटा टोलीले मुख्यमन्त्री के रोसैयालाई निर्णयको बारेमा जानकारी गराएको र आगामी रणनीतिको बारेमा निर्णय चाँडै गर्ने बताए। उनले राजिनामा दिने मन्त्रीहरुकाले एकीकृत आन्ध्र प्रदेशका लागि संघर्ष गर्ने निर्णय गरेको बताए। रेड्डीले राज्य र केन्द्र सरकारले छुट्टै तेलंगाना राज्यको बारेमा पुनर्विचार गर्ने बताएका छन्। छुट्टै तेलंगाना राज्य बनाउने मागको धेरै पहिलेदेखि उठ्दै आएको हो र यो मुद्दाले यस्तो ठूलो संवैधानिक र राजनीतिक संकट यसअघि उत्पन्न भएको थिएन। आन्ध्र प्रदेश विभाजनको विरोधमा सत्तारुढ कांग्रेस, प्रजा राज्यम तथा तेलुगूदेशम पार्टीका विधानसभाका १ सय ४० जना विधायकले राजिनामा दिएका छन्। यस्तो यस्ता मुख्यमन्त्री रोसैया केही गर्ने सक्ने अवस्थामा रहेका छैनन। उनी पार्टीको हाइकमाण्डले जे निर्णय गर्दछ त्यसलाई मान्छु भनेर बसेका छन्। विधानसभाका सभामुखले अहिलेसम्म विधायकको राजिनामा स्वीकार गरेका छैनन। उनले संवैधानिक विज्ञहरुसँग सल्लाह पछि मात्रै त्यसबारे निर्णय गर्ने बताएका छन्। यसैबीच आन्ध्र र रायलसीमा क्षेत्रमा शनिबार बन्दको समयमा हिंसा भएका छन्। अनंतपुर जिल्लामा उग्र प्रदर्शनकारीले भारत सञ्चार निगम लिमिटेड(बिएसएनएल)को गोदाममा आगो लगाउँदा करोडौंको सम्पत्ति जलेर नष्ट भएको छ। प्रदर्शनकारीले कयौं स्थानमा बसमा आगजनी गरेका छन्। रेलमा ढुंगामुडा भएको छ र यातायात सबैभन्दा धेरै प्रभावित भएको छ। विजयवाडा, विशाखापट्टनम र अनंतपुर बस सेवा अवरुद्ध छ र यात्रीहरुको अलपत्र परेका छन्। कयौं क्षेत्रमा तेलंगाना विरोधी विधायकहरु भोक हड्तालमा बसेका छन। विशाखापट्टनमका आन्ध्र विश्वविद्यालयमा २० जना विद्यार्थी आमरण अनसनमा बसेका छन्। उनीहरुको आमरण अनसनको यो दोस्रो दिन हो। प्रदर्शनकारीले बाटो अबरुद्ध गरेका छन्।

No comments: